Sunday, June 28News That Matters

वर्षमा ९० करोड टन खानेकुरा फ्याँकियो

पूर्णपुष्टि, फागुन २४

विश्वमा हरेक वर्ष ९० करोड टन खानेकुरा फ्याँक्ने गरिएको पाइएको छ ।

विश्वव्यापी एउटा प्रतिवेदनको अनुसार १ वर्षमा ९० करोड टन खाद्यान्न फ्याँक्ने गरिएको देखाएको छ ।

संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रम फुड वेस्ट इन्डेक्सले पसल, घर र रेस्टुरेन्टमा उपभोक्ताको निम्ति उपलब्धमध्ये १७ प्रतिशत खानेकुरा सिधै फोहर फालिने भाँडोमा जाने गरेको देखाएको अन्तराष्ट्रिय संंचारमाध्यमले जनाएको छ ।

यसमध्ये करिब ६० प्रतिशत घरबाट निस्किन्छ । राष्ट्रसङ्घको साझेदार सङ्गठन कार्यक्रमको प्रतिवेदनले विश्वव्यापी समस्यालाई उजागर गरेको छ जुन अनुमान गरेभन्दा धेरै ठूलो परिणम देखा परेको छ ।

न्यून र उच्च आय भएका देशहरूबीच कुन तहमा यो समस्या फरक छ भन्ने कुरा खुट्याउन भने सकिने अवस्था नरहेको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनमा मानिसले थप सावधानीपूर्वक खाना र किनमेलबारेको योजना बनाउन थालेको जनाईएको छ ।