Thursday, May 28News That Matters

वल्र्ड भिजनको आर्थिक सहयोगमा रौतामाईको ३ नं वडामा खाद्यन्न वितरण

मिलन परियार
रौतामाइ/बैशाख,९

कोरोना भाइरसको माहामारी सँगै भोकमरीको माहामारीले थप चपेटामा परेका रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँका १ सय घर विपन्न परिवारलाई वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा खाद्यन्न सहयोग भएको छ ।

वडाका अति विपन्न तथा दैनिक ज्याला मजदुरी परिवारहरुको पहिचान गरी सोमावर उपलब्ध खाद्य सामाग्री वडाले वितरण गरेको हो । जाल्पा एकिकृत विकास समाज, नेस्पेक उदयपुर र हुरेण्डेको सहजीकरण तथा साझेदारीमा खाद्यन्न वितरण गरेको ३ नं वडाका वडा अध्यक्ष दुर्गाराज खड्काले जानकारी दिनुभयो ।

राहत प्याकेजमा प्रती घर २० केजि चामल , २ लिटर तेल , १ केजि नुन २ ओटा हातधुने साबुन लगाएतका सामाग्री वितरण गरिएको  छ ।

खाद्यन्न वितरणमा जनप्रतिनिधि, वडा बिपत ब्याबस्थाप्न समिती , इलाका प्रहरी कार्यलय भुट्टारका प्रमुख र जाल्पा एकीकृत बिकास समाज उदयपुरका प्रतिनिधि बिरेन्द्र खड्का लगाएतको उपस्थिति रहेको थियो ।