Friday, May 22News That Matters

विदेशमा कोरोना संक्रमणबाट १३० जना नेपालीको मृत्यु

पूर्णपुष्टि, असार ७ गते ।

विश्वको विभिन्न देशमा रहेका १ सय ३० जना नेपालीको कारोना भाईरसको संक्रमणबाट मृत्यु भएको छ ।

गत ९ हप्तामा विभिन्न देशमा रहेका १ सय ३० नेपालीको कोरोनाबाट मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य समितिले जनाएको छ ।

यो हप्ता विदेशमा १० हजार भन्दा बढी नेपालीहरु उपचारपछि निको भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएको जनाईएको छ ।

समितिले संकलन गरेको तथ्यांक अनुसार अहिलेसम्म विदेशमा रहेका १७  हजार ७ सय ९२ जना नेपालीमा कोरोना संक्रमण भएको छ । यही साता अफ्रिकी देशमा रहेका ४ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको जनाईएको छ ।