
पूर्णपुष्टि, असोज २५
कोरोना सङ्क्रमणबाट विदेशमा कार्यरत थप १७ जना नेपालीको मृत्यु भएको छ ।
शनिबार साँझसम्म यूएईमा १ जना र साउदी अरबमा थप १६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।
कोरोना महामारी सुरु भएपछिका ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ ।
शनिबार साँझसम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३६ हजार ६ सय ७३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । सङ्क्रमित नेपालीमध्ये ८९ प्रतिशत निको भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

