
पूर्णपुष्टि, पुष ५
उदयपुरमा विद्यार्थीहरुले सांसद विघटनको चर्को विरोध गर्दै प्रधान्मन्त्रि केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । आईतबार अचानक केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद विघटनको सूचना जारी गरेपछि देशैभरी यसको चर्को विरोध भईरहेको छ ।
गाईघाटको पिपलचोक स्थित प्रधान्मन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिभिन्न मुर्दावादको नाराजुलुस गर्दै चर्को विरोध गरेका थिए ।
नेवी संघ र अनेरास्ववियु निकटका विद्यार्थीहरुले आफ्नो स्वार्थमा रहेर पद ओगेटेको आरोप लगाउँदै अन्तिममा देश र जनतालाई ओलीले धोका दिएको विरोधमा जनाइएको छ । पुलिसले विरोध रोक्दा रोक्दै पनि उनिहरुले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला लुकिछिपि जलाईकन छाडेका छन् ।
