झापा, साउन २४ गते ।
झापाको कचनकवल गाउँपालिकालाई संयुक्त विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएको छ । पालिकाले कक्षा १२ सम्म निशुल्क शिक्षा लागु गर्ने क्रममा एक विद्यालय एक संकाय लागु गरेको विरोध गर्दै ज्ञापन पत्र बुझाएको हो ।
विद्यार्थी संगठनले एक विद्यालय एक संकाय लागु गरेर विद्यार्थीलाई दुःख दिन खोजे आरोप लगाएको छ । निर्णय सच्याई एक विद्यालय एक संकाय हटाई अरु संकाय पनि अध्ययन गर्ने व्यावस्था मिलाउन माग गर्दै पालिकामा ज्ञापन पत्र दिएको संगठनले जनाएको छ ।
तीन दिन भित्र उक्त निर्णय सच्याई यथावत रुपमा अध्ययन गर्ने व्यावस्था मिलाउन ज्ञापन पत्र बुझएको संगठनले जनाएको छ ।
