Thursday, July 2News That Matters

विद्युत प्राधिकरण ढल्केबरका कार्यालय प्रमुख घुससहित पक्राउ

पूर्णपुष्टि, साउन २५

नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख १ करोड २४ लाख घुससहित रंगेहात पक्राउ परेको छ ।

काठमाण्डौ आइरहेका प्रमुख रितेश गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास शाखाले शनिबारले १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँ बराबरको चेकसहित अख्तियारको टोलीले सिन्धुली कमलामाई नगरपालिका–९ बाट पक्राउ गरेको हो ।

प्रक्रिया नपुर्याई भुक्तानीका लागि चेक लिएर काठमाण्डौ तिर लागेपछि आयोगको बर्दिबासबाट खटेको टोलीले गुप्तालाई पक्राउ गरेको जनाईएको छ ।

भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानीका लागि भन्दै चेक काटेर हिँडेको पाइएको जनाईएको छ । पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक (नवौँ तह) का कर्मचारी हुन् ।