Wednesday, June 10News That Matters

विप्लवसँग वार्ता गर्न बादलको नेतृत्वमा वार्ता टोली गठन

पूर्णपुष्टि, फागुन १८

सरकारले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको जनाएको छ ।