Tuesday, July 7News That Matters

विमान दुर्घटना : शव लिन सेनाको हेलिकप्टर पोखरामा

पूर्णपुष्टि,माघ २ । पोखरामा आइतवार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव लिन नेपाली सेनाको एमआई १७ हेलिकप्टर पोखरातर्फ पठाइएको छ । दुर्घटनामा मृत्यु भएकाहरुलाई ‘पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमाटम पश्चात् शव बुझाउन सुरु गरिएको हो । बाँकी शव काठमाडौँ ल्याउन लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्तिमार्फत जनाएको छ ।

बाँकी मृतक यात्रुहरूको शव पोखराबाट काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको एमआई १७ हेलिकप्टर पोखरातर्फ पठाइएको छ’, क्यानको विज्ञप्तिमा भनिएको छ । यति एयरलाइन्सको विमानमा महिला २५ जना, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए । दुर्घटनामा हालसम्म ६९ जनाको शव फेला परिसकेको छ भने ३ जना अझै बेपत्ता छन् ।