पूर्णपुष्टि,माघ ३ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै उदयपुरको गाईघाटमा दीप प्रज्वलन गरिएको छ। मंगलवार साझ गाईघाटको मेनचोकमा विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।

युथ अफ गाईघाट र गाईघाट टिकटक ग्रुपको आयोजनामा गाईघाटको मेनचौकमा दुर्घटना पछि मृत्यु भएकाहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको आयोजकले बताए ।

आईतवार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिकक सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । सुरक्षाकर्मीको टोलीले मंगलबार अपराह्न थप १ जनाको शव फेला पारेको छ । यससँगै विमान दुर्घटनामा सवार ७२ मध्ये ७१ जनाको शव फेला परेको छ ।
