Monday, June 22News That Matters

विराटनगरमा एकजना कोरोना संक्रमितको ज्यान गयो


पूर्णपुष्टि, चैत ३०

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजना कोरोना संक्रमितको ज्यान गएको छ । आइतबार राति झापाको दमकका ९२ वर्षीय वृद्धको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अन्य चारजना सदस्यसहित वृद्ध गत चैत २५ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र भर्ना भएका थिए ।
सुगरका रोगी वृद्धको उपचारका क्रममा आइतबार राति १२ बजेतिर ज्यान गएको कोभिड–१९ उपचार केन्द्रले जनाएको छ । अस्पतालकाअनुसार वृद्धको शव आफन्तको जिम्मा लगाइएको छ ।

कोशी कोभिड–१९ अस्पतालमा हाल २ जना कोरोना संक्रमित उपचाररत छन् । करिब दुई महिना अस्पताल सुनसान बनेको थियो । तर कोरोनाको दोस्रो लहर शुरु भएसँगै अस्पतालमा बिरामी आउन थालेका छन् ।