Wednesday, June 17News That Matters

विराटनगरमा छोराको कुटाइबाट बुबाको ज्यान गयो

पूर्णपुष्टि, वैशाख २

मोरङमा छोराको कुटाइले बुबाको ज्यान गएको छ । विराटनगर महानगर–५ मा घरायसी विवादमा छोराको कुटपिटबाट स्थानीय ६५ वर्षीय काले साहको बुधबार ज्यान गएको हो ।

बुबा माथि कुटपिट गरेका साहका छोरा अजयलाई प्रहरीले पक्राउ गरेको छ । सामान्य घरायसी विवादमा अजयले बुबालाई चैत २६ गते निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ ।

उपचारका क्रममा घाइतेको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभउयो । कुटपिट गरी लुकेर बसेको अवस्थामा अजयलाई विराटनगर–५ बाट पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।