Tuesday, May 5News That Matters

विश्वकप फुटबल : नेपालको प्रारम्भिक टोली घोषणा

पूर्णपुष्टि,असार १७ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एन्नेसीले ३० खेलाडीको प्रारम्भिक टोली छनोट गरेका हुन् ।

छनौट हुनेमा गोलकिपरतर्फ किरनकुमार चेम्जोङ, अनिस देउला, दिप कार्की र अभिषेक बराल छन् । यस्तै डिफेन्डरमा विमल पान्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, एन्जल महर्जन, छिरिङ लामा र अन्जन राईलाई छनोट गरिएको छ ।

एरिक विष्ठ, सुदिप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल र क्रितिसरत्न चुन्जु मिडफिल्डरमा छनोट भएका छन् । स्ट्राइकरहरुमा आयुस घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, विमल घर्तिमगर, आशिष चौधरी, जिलेस्पीजङ कार्की र दिनेश हेन्जानलाई छनोट गरिएको छ । प्रारम्भिक टोलिको बन्द प्रशिक्षण अगष्ट १ बाट सुरु हुने एन्फाले जनाएको छ।