Saturday, June 20News That Matters

विश्वकै ठूलो परिवारका घरमुलीको मृत्यु, ३८ पत्नी ८९ छोराछोरी

पूर्णपुष्टि, जेष्ठ ३१

विश्वकै ठूलो परिवारको रुपमा प्रख्या रहेको भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने घरमुली जियोना चानाको मृत्यु भएको छ । ७६ वर्षको उमेरमा जियोनाको मृत्यु भएको मिजोरमका मुख्यमन्त्री जोरामथंगाले ट्वीटमार्फत् सवैमा जानकारी गराएका छन् ।

मृतक जियोना चानाका परिवारमा ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३३ जना नातिनातिनीहरु गाउँमा रहेको १ सय कोठा भएको ४ तल्ले घरमासँगै बस्दै आएका आएका थिए ।

जियोना पेसाले सिकर्मी थिए । उनका पत्नी तथा बुहारीहरुले खेतीपाती गर्दै आएका छन् भने युवावस्थाका छोराहरुले विभिन्न प्रकारका काम गरेर परिवार चलाउनका लागि अर्थोपार्जन गर्दै आएका छन् । सबैभन्दा जेठी पत्नीले घरका सबै सदस्यको कार्यको बाँडफाँट गर्ने तथा उनीहरुको कामको निगरानी गर्ने गर्दछिन् ।

मूख्यमन्त्री जोरामथंगाका अनुसार बख्तवांग गाउँ सोही परिवारका कारण पर्यटकको आकर्षणको केन्द्र बनिसकेको छ ।

यो परिवारमा हरेक दिन ४५ किलो चामल, ३०/४० वटा कुखुरा, २५ किलो दाल, दर्जनौँ अण्डा तथा ६० किलो तरकारी खपत हुन्छ । साथै झण्डै २० किलो फलफूल पनि दिनहुँ सो परिवारमा खाने गर्दछन् ।