Tuesday, June 2News That Matters

विश्वमा कोरोन संक्रमणबाट मृत्यु हुने ३० लाख नाघ्यो

बैशाख ५ 

विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० लाख नाघेको छ ।

अहिलेसम्म विश्वमा कोरोनाबाट ३० लाख २३ हजारभन्दा धेरैको मृत्यु भईसकेको पुष्टि भएको जनाईएको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिल सबैभन्दा धेरै सङ्क्रमण फैलिएका देश हुन् ।

यी तीन देशमा मात्रै १०  लाखभन्दा धेरैको मृतयु भएको छ । अमेरिकामा मात्रै ५ लाख ८० हजार ७ सय ५६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै भारतमा एक  लाख ७७ हजार एक सय ६८ जनाको ज्यान गएको छ भने ब्राजिलमा तीन लाख ७१ हजार ८ सय ८९ जनाको मृत्यु भएको जनाईएको छ ।

पछिल्ला दिनमा विश्वमा औसतमा १२ हजार जनाको मृत्यु भए पाइएको छ । विश्वमा अहिले १४ करोड १३ लाखभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमित छन् । त्यस्तै, ११ करोड ९९ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।