Tuesday, June 2News That Matters

विश्वमा कोरोनाबाट निको हुनेको संख्या ३ करोड नाघ्यो

पूर्णपुष्टि, कात्तिक ४ 

विश्वमा कोरोना सङ्क्रमण पुष्टि भई निको हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएको छ भने ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका वल्ड्रोमिटरले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका छन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय सङ्क्रमित छन् । जसमध्ये १ प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ ।

११ लाख २२ हजारको भने कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन् । २ लाख २५ हजारको भने मृत्यु भएको छ ।

त्यस्तै ७५ लाख ९४ हजार सङ्क्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन् । १ लाख १५ हजारको मृत्यु भएको छ ।