Monday, June 29News That Matters

विश्वमा १ करोड ७७ लाखभन्दा बढी कोरोना मुक्त

पूर्णपुष्टि, भदौ १

विश्वभर एक करोड ७७ लाख भन्दा बढीले कोरोना जितका छन् । दुई सय १३ देशमा फैलिएको कोरोनाबाट संक्रमित भएका मध्ये एक करोड ७७ लाखभन्दा बढीले कोरोना जिते घर फर्किएका हुन् ।

अमेरिकाका ३४ लाख २५ हजार, ब्राजिलका ३० लाख ३१ हजार, भारतका २७ लाख ७२ हजार र रसियाका ८ लाख ८ हजार कोरोना सङ्क्रमितले कोरोनालाई जितेको वल्र्डमिटरले जनाएको छ ।

अहिले ६८ लाख २८ हजारभन्दा धेरै व्यक्तिको उपचार भैरहेको छ । विभिन्न अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये १ प्रतिशत बिरामीको अवस्था गम्भीर छ । ९९ प्रतिशत सङ्क्रमितको अवस्था सामान्य रहेको जनाईएको छ ।

अहिलेसम्म कोरोनाबाट दुई करोड ५३ लाख ८३ हजारभन्दा बढीमा मानिस सङ्क्रमित भएका छन् भने आठ लाख ५० हजारको मृत्यु भएको जनाईएको छ ।