
पूणर्पुष्टि, बैशाख २७
प्रधानमन्त्री केपि शर्मा ओलीले लिने विश्वासको मतका लागि मतदान आज हुँदै छ । आज हुँदै गरेको विश्वासको मतदानमा ओली संकटमा देखिएको छ । विश्वासको मतका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
शिर्ष नेताहरुलाई सम्बोधन गर्दै विश्वासको मतका लागि आजै मतदान हुने संसद सचिवालयले जनाएको छ ।
अहिलेको दलहरुको गठबन्धन हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सक्दैनन् । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।
६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निणर्य गरेको छ । ४९ सांसद भएको माओवादी केन्द्रले पनि हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन ।
संसदको अंकगणितमा निणर्ायक ३२ सांसद भएको जसपा थियो । जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ । महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष ओलीप्रति लचक भए पनि जसपाले ह्वीप जारी नगरेर आफ्ना सांसदहरुलाई स्वतन्त्र छाडिदिएको छ ।
एमालेले ह्वीप जारी गर्दै आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । यद्यपि एमालेकै माधव नेपाल-झलनाथ खनाल पक्षसमेत ओलीको विपक्षमा छ ।
