
विस्तृत खबर…
१.
कोरोना महामरीकाो यतिबेला उदयपुरमा अक्सिजन प्लान्ट निर्माण हुने कुराले खुसी तुल्याएको छ । जिल्लाको बेलका नगरपालिकामा ५० दिनभित्रमै अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो । पालिकाको परिषरमै निर्माण गर्ने गरी काम थालिएको छ ।
२
उदयपुरमा कोरोना संक्रमितको संख्या १ हजार १८२ पुगेको छ । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या ७६ जना थपिएको हो । २०३ जनाको कोरोना परिक्षण हुदा ३२ महिला र ४४ पुरुष पोजेटिभ देखिएको हो । उनीहरु सबैको एन्टिजेन किटबाट परिक्षण भएको हो । पछिल्लो समय बेलका, कटारी र चौदण्डीमा बढी संक्रमित थपिएको हो । बेलकामा २७, कटारीमा २१, चौदण्डीगढीमा १८ जना थपिएका हुन् । त्यस्तै त्रियुगामा ६ र रौतामाईमा ४ जना थपिएका हुन् ।
जिल्लामा सक्रिय संक्रमितको संख्या ९१६ रहेको छ । सक्रिय संक्रमित सबैभन्दा बढि त्रियुगामा ४४२ जना रहेका छन् । त्यसपछि कटारीमा ११४ जना, चौदण्डीमा १०७ जना र बेलकामा ९७ जना रहका छन् । गाउँपालिकातर्फ सबैभन्दा बढि संक्रमित रौतामाईमा ७२ जना, त्यसपछि लिम्चुङबुङमा ५२ जना रहेका छन् । उदयपुरगढीमा ३१ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १४ जना निको भएका छन् । योसंगै जिल्लामा निको हुनेको संख्या २३५ पुगेको छ । जिल्लामा मृत्यु संख्या ३१ रहेको छ ।
३
उदयपुरमा कोरोना संक्रमित निको हुने क्रम बढ्दो छ । निको हुनेको संख्या १० दिनमै झण्डै तेब्बर पुगेको छ । हाल निको हुनेको संख्या २३५ पुग्दा १० दिनअघि ८८ जना रहेका थिए । संस्थागत आइसोलसन र होम आइसोलेशन दुबै ठाउँका विरामी निको हुने क्रम बढ्दो छ । उदयपुरमा सबैभन्दा बढि होम आइसोसनमा बसेरै निको भएका छन् । केही स्वास्थ्यम जटिलता आउनेहरु मात्र संस्थागत आइसोलेशनमा बसेका छन् ।
४
गाउँपालिकाहरुमा संस्थागत आइसोलेशन व्यवस्थित बनाउने काम भइरहेको छ । यसै क्रममा लिम्चुङबुङमा आइसोलेशन निर्माण गरी संक्रमितलाई उपचार गरिदै आएको छ । होम आइसोलेशनमा समेत निगरानी गर्दै परिक्षणको दायरा पनि बढाइएको छ । त्यस पालिकाको बारेमा थप जानकारीका लागि पालिकाका निमित्त स्वास्थ्य प्रमुख तथा आइसोलेशन व्यवस्थापक कर्णसेर राई प्रत्यक्ष जोडिनु भएको छ ।
५
नेपालमा आज कोरोना संक्रमित ४ हजार ३६८ जना थपिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५७ हजार १२४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाले नेपालमा १०९ जनाको मृत्यु भएकोछ । योसंगै नेपालमा मृत्यु हुनेको संख्या ७ हजार २७२ पुगेको छ ।
नेपालमा निको हुनेको संख्या ४ लाख ४९ हजार ९५५ पुगेको छ । पछिल्लो समय ६ हजार २०६ जना निको हुनेको संख्या थपिएको हो ।पछिल्लो समय नेपालमा संक्रमितको संख्या घट्दो छ भने निको हुनेको संख्या बढ्दो रहेको छ । दैनिक मृत्यु भने सयजनाको हाराहारीमा छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ रहेको छ । छ दिनयता सक्रिय संक्रमित क्रमशः घटिरहेको छ ।
६
विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ६ लाख ३४ हजार, ३७९ पुगेको छ । मृत्यु हुनेको संख्या ३५ लाख ४८ हजार ७३० रहेको छ । निको हुनेको संख्या १५ करोड २६ लाख ११ हजार १४९ रहेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या भने १ करोड ४४ लाख ७४ हजार ५०० रहेको छ । पछिल्लो समय विश्वमा पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । मृत्युदरमा पनि कमी आइरहेको छ ।
