
मंसिर २० गते ।
वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा सरकार लागि परेको बेला मानव बेचविखनमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ । मानव बेचविखनका एकतिहाई घटना वैदेशिक रोजगार र परामर्शसँग सम्बन्धीत रहेको पाइएको हो ।
वैदेशिक रोजगार व्यवसायमा देखिएको अराजकतालाई नियन्त्रण गर्न नसक्दा रोजगारीको आडमा मानव बेचविखन तथा ओसारपसार बढेको अध्ययनले देखाएको छ ।
महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समुहले मानव बेचविखन तथा ओसारपसार सम्बन्धी सामग्रीहरुको अध्ययन तथा विश्लेषण गरी तयार गरिएको प्रतिवेदनले ठगीमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता पनि दोषी देखिएका हुन् ।
यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।
