Thursday, July 2News That Matters

वैशाखदेखि अहिलेसम्म १०४ जनाको मृत्यु

पूर्णपुष्टि, असार २५

गत वैशाखदेखि अहिलेसम्म ८ सय ४ वटा विपद्का घटनामा १ सय ४ जना भन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै ३ जना बेपत्ता भएका छन् भने ३ सय ४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

चट्याङ्मा परेर ४७ जनाको मृत्यु भएको छ भने पहिरोबाट ३६ जनाको मृत्यु भएको छ । विपद्का घटनाबाट अहिलेसम्म ३ हजार ६ सय परिवार प्रभावित भएका छन् ।

२ हजार ५ सय १५ घरमा आंशिक र २ सय ४५ घर पूर्ण क्षति भएको प्राधिकरणले जनाएको छ । यी विपद्मा करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक तथा भौतिक क्षति भएको जनाएको छ ।

गत वैशाखदेखि अहिलेसम्म १ सय ५२ ठाउँमा चट्याङ पर्दा ४७ जनाको मृत्यु भएको छ भने १ सय ६१ जना घाइते भएका छन् । आगलागीका ३ सय ३९ घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ७१ जना घाइते भएका छन् । त्यस्तै २३ वटा सर्पको टोकाईबाट १० जनाको मृत्यु भएको छ । बाढीका २३ वटा घटना भएकोमध्ये ४ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छन् ।

देशका विभिन्न ठाउँमा ३ महिनामा १ सय ७ वटा पहिरो खसेको र पहिरोमा परेर ३६ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता रहेको र २९ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।