
पूर्णपुष्टि, साउन २६
संगम सामुदायिक पुस्तकालयले शान्तिधामका संस्कृत विद्यार्थी (बटुक) हरुलाई स्वास्थ्य तथा शैक्षिक सामाग्री वितरण गेरेको छ ।
रिड नेपालको सहकार्यमा सोमवार पुस्तकालयले गाईघाटको नयाँ बसपार्कमा रहेको शान्तिधाम संस्कृत विद्यालयका विद्यार्थीहरुलाई सामाग्री वितरण गरेको हो ।
संगम सामुदायिक पुस्तकालयका अध्यक्ष भरत खड्काले विद्यालयका अध्यक्ष गिरिराजमणी खतिवडालाई सामाग्री हस्तान्तरण गर्नु गर्नुभयो ।
विद्यालयलाई ४० हजार बराबरको सामाग्री वितरण गरेको पुस्तकालयका अध्यक्ष भरत खड्काले बताउनु भएकोे छ ।
१० ओटा रिडिङ टेवुल, १२ थान म्याट (चकटी), ३५ सेट पुस्तक, १०० थान मस्क, ठुलो बतलमा २ वतल सेनिटाईजर र १ दर्जन सावुन वितरण गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।
पुस्तकालयले गर्दै आएको विभिन्न सामिजिक कार्य अन्तर्गत धामलाई पनि स्वास्थ्य तथा शैक्षिक सामाग्रीको आवश्यकताको आधारमा सामाग्री वितरण गरिएको खड्काले बताउनुभयो ।
पुस्तकालय आफै पनि स्रोतको कै आधारमा चल्नु पर्ने अवस्था रहेपनि आफु सँग नभएको अवस्थामा रिड नेपाल सँग साझेदारी गरी स्रोत जुटाएर सामाग्री प्रदान गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
शान्तिधामका अध्यक्ष गिरिराजमणी खतिवडाले सामाग्री प्रदान गरेको भन्दै पुस्तकालयलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले सास्ती खेप्दै विद्यार्थीहरुलाई अध्यन गराइरहेको अवस्थामा स्वास्थ्य क्षेत्रमा समेत ख्याल गरी सामाग्री प्रदान गरेको भन्दै पुस्तकालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।
