Wednesday, May 6News That Matters

शिक्षकको हाजिरी गर्ने जिम्मा विद्यार्थीलाई

भदौ २२ गते । 

सवै विद्यालयहरुमा विद्यार्थीको हाजिरी शिक्षकले गर्छन् । तर दार्मा गाउँपालिकाको एक विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी गर्ने गर्दछ ।

दार्मा गाउँपालिकाका–१ को जनकल्याण प्राथमिक विद्यालयमा विद्यार्थीमैत्री वातावरण बनाउन विद्यार्थीलाई शिक्षकको हाजिरी गराउन लगाइएको हो ।

विद्यार्थीहरुले शिक्षक कति बजे विद्यालय आए, कोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पढाए, कति समयपछि कोठाबाट निस्किए लगायतका विभिन्न बिवरण टिप्ने गर्दछन् ।

यो रमाईलो प्रत्रियाले शिक्षक र विद्यार्थी दुवैलाई सक्रिय बनाएको छ । शिक्षकका विषयमा राखिने अभिलेखको रिपोट विद्यार्थीले नियमितरुपमा प्रधानाध्यापकलाई बुझाउँने गर्दछ ।

 यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।