
एस किराती
चौदण्डीगढी/कात्तिक २ गते ।
चौदण्डीगढीको बेलटारमा दशैँ, तिहार र छैठको शुभकामना आदानप्रदानसँगै रक्तदान कार्यक्रम भएको छ । ‘राष्ट्रिय अखण्डताको लागि सबै संस्कार र संस्कृतिहरुलाई सम्मान’ भन्ने मुल नाराको साथ नगरपालिकाले कार्यक्रमको आयोजना बेलाटारकोे सिटिहलमा कार्यक्रम भएको हो ।
नगर पालिकाको आयोजना, नगर खेलकुद विकास समिति, चौदण्डीगढी युवा समूह, बेल्टार एकता क्लव बेल्टारको सह–आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको चौनपाको मेयर खगेन्द्र राईले बताए ।
कार्यक्रमको उद्घाटन नगर प्रमुख राईले गरेको थियो । उक्त कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिहरु, राजनीतिकर्मीहरु, समाजसेविहरुको उपस्थित रहेको थियो ।
रक्तदानमा जम्मा भएको रगत जिल्ला रेडक्रस सोसाइटीले जिम्मा लिने सह–आयोजक चौदण्डीगढी युवा समूह क्लवका अध्यक्ष सन्जय राईले बताए ।
