Friday, May 15News That Matters

श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

पूर्णपुष्टि, पुष १९
श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेको छ । रुकुम पश्चिम बाँफिकोट गाउँपलिका–९ की २६ वर्षकी कमला खनालको हत्या अभियोगमा उहाँका श्रीमान् दिपक खनाल भन्ने दलजित खनाल पक्राउ परेको हो ।
गएको शुक्रवार राति आफ्नै कोठामा झुण्डिएको अवस्थामा कमलाको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार अनुसन्धानका क्रममा दलजितले घाँटी थिचेर श्रीमतीको हत्या गरेको खुल्न आएको छ ।
खनालले रक्सी खाएर श्रीमतीको हत्या गरी सलले झुण्याइ दिएको बयान दिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । |