Monday, April 20News That Matters

श्रीमानको कुटाईले श्रीमतीको मृत्यु

उदयपुर, भदौ ३ गते ।

बेलकामा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । बेलाका नगरपालिका – ५ निबासी तिर्थ आलेमगरले श्रीमतीलाई कुटपिट गर्दा उनको मृत्यु भएको हो ।

घरायसी वादविवादमा गतराती १० बजे ३० वर्षीय किमन्जु आले पुलामी मगरलाई तिर्थबहादुरले कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरी जनाएको छ ।

तिर्थबहादुरको कुटाईबाट गम्भिर घाईते भएकी किमन्जुको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

किमन्जुको मृत्यु पश्चात तिर्थबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।