Thursday, April 30News That Matters

श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु, कुटपिट गर्ने प्रहरीको नियन्त्रणमा

पूर्णपुष्टि, कार्तिक २३
सुनसरीको धरान उप–महानगरपालिका–१५ बस्ने ३४ वर्षीया छुङकु मगर (राई) लाई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको छ । कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ वर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाईते भएकी थिईन । घाईतेलाई केही दिन घरमै सामान्य उपचार गरी २२ गते थप उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारकोम क्रममा मृत्यु भएको हो । घटानाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।