Saturday, June 6News That Matters

संगम सामुदायीक पुस्तकालयलाई ४ लाख बराबरको पुस्तक सहयोग

पूणर्पुष्टि, भदौ १५

संगम सामुदायीक पुस्तकालयलाई नेपाल लाइव्रेरी फाउन्डेसनले ४ लाख बराबरको १३ सय ओटा पुस्तक सहयोग गरेको छ । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आइतबार फाउन्डेसनले बिभिन्न विद्याका १३ सय ओटा पुस्तक वितरण गरेको हो ।

दिवसको अवसरमा संगम सामुदायीक पुस्तकालयले आयोजना गरेको एक कार्यक्रममा पुस्तकालयको गतिविधिको समिक्षा सँगै पुस्तक हस्तान्तरणको कार्यक्रम गरिएको थियो । फाउन्डेसनको महासचिव धन कुमार श्रेष्ठले पुस्तकालयका अध्यक्ष भरत खड्कालाई पुस्तक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा पुस्तक हस्तान्तरण सँगै अन्य कार्यक्रम पनि गरिएको थियो । पुस्तकालयलाई बिभिन्न समयमा सामाजिक सहयोग तथा भौतिक कार्यमा सहयोग पुराउने दुइ जनालाई सदस्यता प्रदान समेत गरेको छ ।

पुस्तकालयले मोहन निरौलालाई मानर्थ सदस्य र नेपाल निजामती कर्मचार संगठनका अध्यक्ष निर्मला निरौलालाई आजिवन सदस्य समेत प्रदान गरेको हो । दुवैजनालाई १ नं प्रदेशका साम्सद अम्विका थापाले सदसस्यताको प्रमाण पत्र प्रदान गर्नुभयो ।

त्यस्तै गरी नेपाल पत्रकार महासंघका अध्यक्ष तथा इन्सेकका प्रतिनिधि भरत खड्काले पनि पुस्तकालयलाई ३ थान मानवअधिकार बर्ष पुस्तक प्रदान गर्नुभयो ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेकी थापाले पुस्तकालय विकासका लागि आफुले जस्तो सहयोग गर्न पनि तयार रहेकी बताउनुभयो । उहाँले राष्ट्रिय पुस्तकालयको भवन जमलमा बनाउने भनिएता पनि सरकारले त्यहाँ बनाउन नदिने भएपछि सोही ठाउँमा निर्माण गर्न प्रदेश १ बाट संगम सामुदायी पुस्तकालयको नेतृत्व गर्दै सरकारलाई भवन निर्माणका लागि पहल गर्ने प्रतिवद्धता दिनुभएको छ ।

त्यस्तै पुस्तकालयका अध्यक्ष खड्काले अध्यान संस्कृतिको अभावका कारण समाजमा नकरात्मक कार्यहरु प्रसस्तै रहेको पाइएको बताउनुभयो । उहाँले शिक्षा अभावका कारण भ्रष्ट र अराजकताहरु समाजमा दिनानु दिन बढ्दै गएको बताउनुभयो ।

यस्तो कार्यहरु रोक्न सबै मानिसमा शिक्षाको आवश्यक रहेको र त्यस्का लागि पुस्तकालयको आवश्यक रहेको उहाँले बताउनुभयो ।