
उदयपुर/असोज, ४
संविधान दिवसको अवसरमा गाईघाटमा रक्तदान कार्यक्र शनिबार भएको छ । यस दिवसको अवसरमा बिभिन्न कार्यक्रहरुका साथ रक्तदान कार्यक्र पनि राखिएको हो । अहिले धरै बिरामीहरुले रगत नपाएर उपचारको लागि समस्यामा पर्ने अवस्थालाई मध्यनजर गरी रक्तदान कार्यक्रमलाई अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले बताए ।
मानव जिवनका लागि रगतको निकै महत्व रहेको भन्दै उपचारमा सरल पुराउने उदेश्यले रक्तदान कार्यक्रम गरिएको थियो । “संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षउल्लासका साथ मनाऔँ घरघरमा दिपावली गरौँ र राष्ट्रिय झण्डा फहराऔँ” भन्ने मुल नाराका साथ उदयपुरमा पनि संविधान दिवस भव्य मनाइयो । संघिया साम्सद शुरेस कुमार राई लगाएतले रक्तदान गरेका थिए ।
संविधान दिवस जिल्ला समारोहको आयोजना, रेडक्रस सोसाईटीको सहकार्य र जिल्ला समन्वयन समितिको आयोजनामा कार्यक्रम गरिएको थियो ।
