
पूर्णपुष्टि, माघ १६ गते ।
२१ औ वार्षिक उत्सबका साथ सरस्ती पूजा मनाएको उदयपुरको गाईघाट स्थित सगरमाथा मोडेल स्कूलले विद्यालयमा पढेर प्रगति देखाएका विद्यार्थी तथा उत्कृष्ठ शिक्षक, अभिभावकलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
विद्यालयले २०७२ सालमा एसइइ पास गरेर एमविविएस्मा सतप्रतिशत छात्राबृत्तिमा नाम निकाल्न सफल एकै घरका दिदीभाइ अस्मिता खतिवडा र शेखर खतिवडालाई सम्मान गरिएको हो । बुवा शैलेन्द्र खतिवडा र आमा गायत्रा दाहालका साथ दिदीभाइलाई कार्यक्रमकी प्रमुख अतिथि त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी र प्रधानाध्यापक पुरुषोत्तम सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकास पौडेल, सदस्य रमेश आचार्य लगायत विद्यालय परिवारले सम्मान गरेको हो । कदरपत्रका साथ खादा ओढाई उनीहरुलाई सम्मान गरिएको थियो ।
एकैघरका दिदीभाइले एमविविएस जस्तो ठूलो धनरासी लाग्ने चिकित्सा शिक्षामा सतप्रतिशत छात्राबृत्तिमा नाम निकाल्न सफल भएर एक किसिमको किर्तिमान नै कायम गर्नुले विद्यालयलाई गौरब लायक बनाएको प्रअ सापकोटाले बताउनुभयो । सम्मानीत विद्यार्थीहरुले आफुहरुको प्रगतिको सुरुवात विद्यालयबाटै भएको बताउदै भविष्यमा देशको सेवा गर्ने बताए । विद्यालयका शिक्षकहरुले सदैब सहि शिक्षा र मार्गदिर्नेश गर्ने गरेको स्मरण गर्दै आप्mनो मेहनत, लगाव र समयको महत्व बुझाईको कारणले सफलता पाएको सुनाए । अभिभावक खतिवडा दम्पत्तीले विद्यालयप्रति आभार ब्यक्त गर्दै बाचुन्जेल सोही विद्यालयको अभिभावकको रुपमा रहने बताए ।
त्यसैगरी शिक्षक÷शिक्षिकाको तर्फबाट शिक्षिका दिपा पाण्डे नगदसहित पुरस्कृत भइन भने अभिभावकको तर्फबाट दम्पत्ति झनकबहादुर बस्नेत र विमला बस्नेत सम्मानित भए । त्यसैगरी विभिन्न विद्यामा उत्कृष्ठता हाँसिल गर्ने विभिन्न कक्षाका विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सिर्जनात्मक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । नाटक, नृत्य, गीत आदि प्रस्तुत गरे ।
विद्यालयका प्रअ सापकोटाका अनुसार हरेक वालवालिकासंग असिमित क्षमता र सम्भावना हुन्छन् । हरेकको फरक फरक क्षमता र चाहना हुन्छन्, सो कुरालाई बुझेर सहिढंगले शिक्षाको वातावरण बनाउन सकेमात्र विद्यालय, अभिभावक र विद्यार्थीको समुन्नत सपना पुरा हुन्छ । यहि कुरालाई मध्यनजर गर्दै विद्यालयको विधी, प्रविधि र पूर्वाधारमा जोड दिएको, साथै संस्कार, संस्कृति र सिर्जनात्मक गतिविधिहरु गर्दै आएको प्रअ सापकोटाले बताउनुभयो । विद्यालयले खेलकुद, कला, संगीत, साहित्य जस्ता सिर्जनशिल क्षेत्रमा पनि विद्यार्थीलाई अब्बल बनाउन लागी परेको छ ।
विद्यालयलाई साँच्चिकै नमुना बनाउने अठोटका लागि लागि परेको विद्यालयले पूर्वाधारतर्फ सुविधासम्पन्न भवन निर्माण गर्दै गरेको छ । भवन निर्माणको काम युद्धस्तरमा चलिरहेको विद्यालयका लगानीकर्तासमेत रहेका विब्यास सदस्य आचार्यले बताउनुभयो ।
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि उपमेयर चौधरीले विद्यालयको नाम मात्र नभई कामैले नमुना रहेको बताउनुभयो । आजको समय अनुकुल उचित शिक्षा र वातावरण दिन सकेको कुरामा उच्च मुल्यांकन गरेको बताउनुभयो ।
अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका, स्थानीय समाजसेवी, बुद्धिजिवि, पत्रकार लगायतको व्यापक सहभागिताकाबीच बार्षिक उत्सव तथा सरस्वती पूजा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक दिपकज्योती बस्नेतले गर्नुभएको थियो ।
फाेटाे फिचर :












तस्विरहरू : सिंह राइ
