Thursday, May 28News That Matters

सडकमा प्रदर्शन हुन नदिन सुरक्षा निकायहरुलाई गृहको आग्रह

पूर्णपुष्टि, जेष्ठ ८

कोरोना माहामारी बिच दोस्रो पटक गरिएको संसद बिगटनको बिषयलाई लिएर कुनै पनि बेला प्रदर्शन हुन सक्ने भन्दै गृहले यसलाई रोक्न सुरक्षा निकायहरुलाई आग्रह गरेको छ । निषेधाज्ञाको उलंघन गरी सडकमा प्रदर्शन भए त्यस्तो कार्यालाई तत्काल रोक्न गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा देशभरको निषेधाज्ञा र कोभिड संक्रमणविरुद्ध चालिएका कदमबारे समिक्षा भएको र यसलाई अझ सशक्त बनाउने बारे थप निर्देशन दिइएको बताए ।

प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई निर्देशन दिएको हो ।

बैठकपछि गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा निकायलाई परिपत्र गरी कुनै पनि हालतमा भिडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको हो ।