
उदयपुर/जेष्ठ, १
दिनदिनै नेपालमा संक्रमणको संख्या बढ्न थालेपछि गृहमन्त्रालयले अझै लकडाउन कडाइ गर्न निर्देशन दिएको छ । मन्त्रालयले लकडाउनलाई थप व्यवस्थित गराउन बजारमा आवत जावत सवारी र मान्छेहरुलाई कडाइ गर्ने निर्णय सँगै सवारीको आवत जावतलाई नियन्त्रण गर्ने भएको छ ।
गृहमा बिहिबार बसेको बैठकले जिल्ला भरी चलाउने सवारीहरुको पनि पास ख्यारेज गराउने निर्णय गरेको छ । बैठकमा जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका बताएको छ । बिहिबार बाट मन्त्रालयले एक जिल्ला देखि अर्को जिल्ला जाने पास भने ख्यारेज गरिसकेको छ ।
