Friday, July 17News That Matters

सनुवाको चाप पोखरीमा आधुनिक बनभोज स्थल बन्दै

पूर्णपुष्टि,माघ २५

त्रियुगा नगरपालिका–२ सनुवाको चाप पोखरीमा आधुनिक बनभोज स्थल बन्ने भएको छ । पिकनिक स्र्पोट स्थलगतको शिलन्यस आईतबार त्रियुगा नगरपालिकाको प्रमुख बलदेव चौधरीले गर्नुभयो । पिकनिक स्पोर्ट निर्माणका लागि प्रदेश सरकारले अनुदान सहयोग गरेको छ ।

प्रकृतिक रुपले सुन्द रहेको चाप पोखरीलाई सनुवा चाप पोखरी हरितपार्क बनाउन प्रदेश सरकारले ३९ लाख ८१ हजार ३ सय २५ रुपैयाँ ९९ पैसा अनुदान रकम छुट्याएको छ ।

नगर प्रमुख चौधरीले पिक्नीक स्पोर्ट बनेपछि राम्रो पर्याटकिय स्थलको सम्भाबना हुने बताउनुभयो ।

योजना कार्यान्वयनको ठेक्का प्रणालीबाट हुने भएको छ । निर्माण कार्यको जिम्मा युनिक विल्डर्स हनुमाननगर कंकालनी सप्तरीले पाएको छ । निर्माण कार्य २०७७/०५/०९ बाट सुरु भई २०७८/०२/१८ सम्ममा सक्नु पर्ने छ ।