
पूर्णपुष्टि,फागुन १७ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने र अर्जुन साउद इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको फ्रेन्चाइज क्रिकेट ‘दी हन्ड्रेड’को ड्राफ्टमा समावेश भएका छन् । प्रतियोगिताको तेस्रो संस्करणका लागि दी हन्ड्रेडले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दीप र अर्जुन समेटिएका हुन् ।
सन्दीप यसअघि पनि हन्ड्रेड क्रिकेटका लागि छनोट भइसकेका थिए । तर भिसा प्रक्रिया नमिल्दा उनले खेल्न पाएका थिएनन् । अर्जुन भने पहिलो पटक हन्ड्रेडको ड्राप्टमा परेका हुन् । प्रतियोगिता खेल्नका लागि ड्राफ्टबाट छनोट हुनुपर्नेछ ।
