
पुर्णपुष्टि , बैशाख १३
सरकारले अर्को आदेश नआएसम्मका लागि सबै परीक्षा बन्द गरेका छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । सीसीएमसीको निर्णयसँगै आजका परीक्षा पनि स्थगित गर्ने भएको छ ।
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्दै बढेको कारण परिक्षाहरु स्थगित गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना सङ्क्रमित बढ्यो भने केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ समेत नहुने चेतावनी दिएको छ । ।
यस्तो संवेदनशील समयमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न पनि मन्त्रालयले सबैसँग आग्रह गरेका छन् । सबै प्रकारको परिक्षा स्थगित हुँदा एसइइको भने निर्णय हुन बाँकी रहेको प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यालयका सचिव सिसिएमसी सचिवालयको संयोजक खगराज बरालले बताउनुभयो ।
