Tuesday, July 7News That Matters

सबैले समर्थन गरेपछि, जनमोर्चा एक्लै भए पनि प्रतिपक्षमा बस्ने

पूर्णपुष्टि, पुष २६ । प्रतिनिधि सभा सांसद चित्र बहादुर केसीले भएभरका सांसदहरूले सरकारलाई समर्थन गरेर विचित्र चरित्र देखाएको बताएको छ । तर राष्ट्रिय जनमोर्चा प्रतिपक्षमै बस्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने केसीले बताए ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा उनले नेपाल आज बिचित्र भएको संघ्या दिनुभएको छ । भएभरका सबै सरकारमा सामेल हुने । सरकारमा सामेल हुने भनेपछि सरकारमा बस्नेलाई यहाँभन्दा हाइसञ्चो र आनन्द के होला ? उनले राष्ट्रिय जनमोर्चा एक्लै भए पनि प्रतिपक्षमा बस्ने बताए।

‘बलियो शक्तिशाली प्रतिपक्ष भएन भने त्यो सरकार निरंकुश हुन्छ। त्यसले जे मन लाग्यो त्यही गर्छ,’ उनले भने, ‘सबै सरकारमा सामेल भएर विगतमा भएका आफ्ना गल्ती ढाक्ने र त्यहीँभित्र लडेर एउटालाई पन्छाएर सरकारमा आउने त होइनरु यसो गरेर सरकार चल्छ? देश बन्छ?’