पूर्णपुष्टि, मंसिर २३
निर्वाचन आयोगले समानुपातिक तर्फको मत गणना सँगै दलहरुले पाएको मतका आधारमा सिट बाँडफाँडको काम टुँगो लगाएको छ । दलहरुलाई मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ ७ दल राष्ट्रिय पार्टी बन्न सफल भएको छ । नेकपा एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातान्त्र पार्टी र जनमत पार्टी गरी ७ दल राष्ट्रिय पार्टीमा उक्लिएको हो । प्रतिनिधि सभा तर्फ नेकपा एमाले समानुपातिकमा अत्याधिक मत पाएर पहिलो पार्टी बन्न सफल भए भने कांग्रेस दोस्रो, माओवादी तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा उक्लिएका छन् । यो पटक नयाँ तथा पुराना साना पार्टीहरुले प्रत्यक्ष तर्फ र समानुपातिक दुवै तर्फ अत्यादिक मत पाए सँगै ठुला पार्टीहरु खुम्चीएका छन् । भर्खरै स्थापना भएको नवजात पाटी राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यादिक मत पाउँदा पुराना र ठुला पार्टीहरु पछि परेका छन् । आयोकका अनुसार एमालेले ३४, काँग्रेसले ३२, माओवादीले १४ राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातान्त्र पार्टी ७, जनता समाजवादी ५ र जनमत पार्टीले ५ पाएको छ । समानुपातिक तर्फ ११० सिट भाग लगाईएको आयोगले जनाए ।
समानुपातिक प्रदेश तर्फ
प्रदेश तर्फ समानुपातिक मत परिणाम अनुसार १ नं प्रदेशमा नेकपा एमालेले सबैभन्दा बढी सिट कब्जा गरेको छ । यस पार्टीले प्रदेशमा १५ सिट ल्याउँदै समानुपातिकमा पहिलो दलको स्थान ओगटेका छन् । यसैगरी कांग्रेसले १२ सिट पाएर दोस्रो भएका छन् भने माओवादी र राप्रपाले ४÷४ सिट पाएको छ । जनता समाजवादी र एकिकृत समाजवादीले भने १÷१ सिट पाएको छ । यस्तै मधेश प्रदेशमा भने कांग्रेसले ९ सिट पाएर पहिलो दलको स्थान बनाएको छ । यस ठाउँमा एमाले दोस्रो हुँदै ८ सिटमा खुम्चीएको छ । यहाँ जनमत पार्टी तेस्रो भएका छन् । जनमत र जनता समाजवादीले ७÷७ सिट पाएका छन् । यस्तै माओवादीले ४, एकिकृत समाजवादीले ३, लोकतान्त्रीक समाजवादी पार्टीले २, राष्ट्रिय प्रजातान्त्र पार्टीले १, नेपाल संघिय समाजवादी पार्टीले १, र नागरिक उन्मुक्ती पार्टीले पनि १ सिट पाएका छन् । यस्तै गरी बाग्मति प्रदेशमा एमालेले १४ सिट, कांग्रेस १२, माओवादी ७, राप्रपा ६ एकिकृत समाजवादी २, नेपाल मजदुर किसान पार्टी २ र हाम्रो नेपाली पार्टीले १ सिट पाएको छ । यहाँ क्रमश एमाले, कांग्रेस र माओवादी पहिलो दोस्रो र तेसो भएको छ । राप्रपा चौथोमा छ ।
यस्तै गण्डकी प्रदेशमा पनि एमाले पहिलो दल बनेको छ । यस दलले यहाँ १० सिट, कांग्रेस ९, माओवादी ३, र राप्रपा २, सिट पाएको छ । यस ठाउँमा अन्य दलहरु भने सुन्य अवस्थामा छ । लुम्वीनामा पनि एमालेले ११, कांग्रेस १०, माओवादी ४, राप्रपा २, नागरिक उन्मुक्ति २, जनमत पार्टी २, जनता समाजवादी १, एकिकृत समाजवादी १, लोकतान्त्रीक समाजवादी १ र जनमोर्चाले १ सिट पाएका छन् । यसैगरी कर्णाली प्रदेशमा भने कांग्रेस र एमालेले बराबर सिट पाएको छ । दुवै पार्टीले ५÷५ सिट पाउँदा यहाँ एमाले मत परिणाममा भने पहिलो छ । त्यसैगरी माओवादीले ४, समाजवादीले १ र राप्रपाले पनि १ सिट पाएको छ । यसैगरी सदुरपशिचम प्रदेशमा पनि कांग्रेस एमालेले बराबर ७÷७ सिट पाएका छन् । यहाँ पनि मत भने एमालेले नै बढी पाएको अवस्था छ । माओवादीले ३ सिट पाएर तोस्रो स्थान ओगटेका छन् । त्यसैगरी नागरिक उन्मुक्ती पार्टीले २, राप्रपाले १ र एकिकृत समाजवादीले पनि १ सिट पाएको छ । समग्र हेर्दा प्रदेश तर्फ पनि एमालेले समानुपातिकमा पहिलो मत पाएका छन् ।
