Friday, May 22News That Matters

सम्बन्ध सुधारमा बहराईन र इजरायलबीच सहमति

पूर्णपुष्टि, भदौ २७

सम्बन्ध सुधारका लागी इजरायल र बहराइनबीच ऐतिहासिक सम्झौता गर्ने सहमति भएको  छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको एक महिनाभित्र दुई देशबीच शान्ति सम्झौता हुने दाबी गर्नु भएको छ ।
प्यालेस्टाइनसँगको विवादका कारण अरबका धेरैजसो देशले इजरायललाई बहिष्कार गर्दै आएका छन् । तर अब विवादलाई सुल्झाउँदै शान्ति  सम्झौता गर्ने सहमति भएको हो ।

इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहूले सम्बन्ध सुधारका लागि अर्को एउटा देशसँग सम्झौता भएको भन्दै उत्साहजनक प्रतिक्रिया दिएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

यो सम्झौता एक नयाँ युग र शान्ति तथा अर्थव्यवस्थाका लागि सबैभन्दा महत्त्वपूर्ण भएको जनाईएको छ । यसअघि संयुक्त अरब इमिरेट्स यूएईले इजरायलसँग सम्बन्ध सुधारका लागि सहमति गरेको थियो ।