
पूर्णपुष्टि, जेठ २८ गते ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपालले सांसद सरिता गिरीलाई कारबाही गर्न माग गरेको छ ।
आज राष्ट्रिय युवा संघले एक प्रेस विज्ञप्ति जारी गर्दै जनता समाज पार्टीकी नेतृ समेत रहेकी गिरीले संसदमा दिएको अभिव्यक्ति असंवैधानिक, राष्ट्रहित प्रतिकुल एवं देशको स्वाभिमान माथि आँच आउने खालको र राष्ट्रहित विपरितको हर्कत देखाएको भन्दै कारबाहीको माग गरेको हो ।
यस्तो गैर आचरण र कार्य गर्ने संसद गिरीलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । राष्ट्रिय युवा संघले यस्तो गैर जिम्वेवार व्यक्तिलाई संसद सदस्यबाट अविलम्व फिर्ता वोलाउन सम्वन्धित राजनीतिक दलसँग आग्रह समेत गरेको छ ।
संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित अभिव्यक्ति दिएको भन्दै युवा संघले आपत्ति जनाएको छ ।

