Saturday, July 11News That Matters

सरोज श्रेष्ठ जिल्ला अस्पताल उदयपुरको संचालक समिति सदस्यमा मनोनित

पुर्णपुष्टि, पुष ५ । जिल्ला अस्पताल उदयपुरको संचालक समितिको सदस्यमा सरोज श्रेष्ठ मनोनित भएको छ । स्वास्थ्य मन्त्रालय प्रदेश नम्बर १ को पत्र संख्या २०७९–०८० को चलानी नम्बर ६२१ को पत्र अनुसार जिल्ला अस्पताल उदयपुरको व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेको हो ।
मंसीर २८ गतेको मन्त्रालयको निर्णय अनुसार श्रेष्ठलाई सदस्य पदमा मनोनित गरेको नर्सिङ अधिकृत अकृति श्री दाहालद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । दाजु भाई समुह दोहा कतारका नेपाल सदस्य समेत रहेका श्रेष्ठ लामो समय देखि सामाजिक क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।