Monday, June 29News That Matters

सलह सक्रिय हुने सम्भावना हट्यो

पूर्णपुष्टि,  असार २४

नेपाल भित्रिएको सलह कीरा सक्रिय हुने सम्भावना हटेको छ । केही दिनदेखि सलहको झुण्ड कतै नदेखिएको र मरेको सलह भेटिएकाले सलह सक्रिय हुने सम्भावना हटेको हो ।

निरन्तर पानी सकिएको सलह कतै नदेखिएको र मरेकाले यसको सक्रियता हटेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । बाग्लुङको ढोरपाटन क्षेत्रमा धेरै संख्यामा सलह मरेको पाइएको केन्द्रले जनाएको छ ।

त्यस्तै कालिकोट, रुकुम, मुस्ताङलगायतका ठाउँमा झुण्ड पुगे पनि चिसो हावापानीको कारण आफै मरेका हुन सक्ने जनाईएको छ ।

नेपाल भित्रिएका झण्डै ८० लाख सलह कीरा स–साना झुण्डमा बाँडिएर देशका ५५ वटा जिल्लामा पुगेका थिए । सलहले दाङ, प्युठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पु¥याएको केन्द्रले जनाएको छ ।

त्यसैबीच भारतमा रहेको अरु झुण्ड नेपाल आउने सम्भावना के कति छ भनेर छलफल गर्न आज  प्राविधिक सहितको बैठक बस्ने भएको छ । बैठकपछि भारतबाट नेपाल आउने नयाँ झुण्डको सम्भावना के कति छ, कतिको सँख्यामा छन्, हावाको गति कुन दिशातिर फैलन्छ  भनेर छलफल गरेर मात्र भन्न सकिने जनाईएको छ ।