Friday, May 22News That Matters

सवारी दुर्घटनामा गाउँपालिकाका अध्यक्ष शर्माको मृत्यु

पूर्णपुष्टि, जेठ ३२ गते ।

पश्चिम नवलपरासीको एक गाउँपालिकाका अध्यक्ष सवारी दुर्घटनामा मृत्यु भएको छ ।

जिल्ला विपद् व्यावस्थापन समितिको बैठकका लागी परासी जाने क्रममा जिप दुर्घटना हुदा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको हो ।

लु १ झ ३७० नम्बरको जिप बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अध्यक्ष शर्मालाई उपचारका लागि चिसापानी अस्पताल पु¥याएपनि अस्पतालले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ  ।

शर्मासँगै जिपमा सवार गाउँपालिका–५ का हरिलाल राजधर घाइते भएको प्रहरीले जनाएको छ ।