
पूर्णपुष्टि,वैशाख १०
मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । केराबारी–८ का ५० वर्षीय नरेश कुमार सोडारी र बेलबारी–९ डागिहाट का २६ वर्षीय सुरेश कुमार चौधरीको ज्यान गएको हो ।
आज दिउसो ११ बजे केराबारी–८ स्थित जंगलमा को १ त ५८४९ नम्बरको ट्याक्टरले को ३४ प ९०६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोडारी गम्भिर घाईते भएका थिए । उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो पौने १२ बजे ज्यान गएको हो । ट्याक्टर र चालक केराबारी–१० का २१ वर्षीय उमेश मल्लिक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

त्यसैगरी आज दिउसो साढे १ बजे मोरङकै सुन्दरहरैचा–१० स्थित खोर्साने–केराबारी सडक खण्डको जंगलमा दक्षिण आउदै गरेको को १ ख ६५४७ नम्बरको टिफरले बिपरित दिशाबाट आएको स ३ प ६३०३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे २ बजे ज्यान गएको थियो , भने सोही मोटरसाईकल पछाडी सवार झापा धरमपुर घर भई बेलबारी–११ लक्ष्मीमार्ग का ३४ वर्षीय रुपेश अधिकारी समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
टिफर र चालक उर्लाबारी–७ बस्ने ४८ वर्षीय बिर्ख बहादुर धिमाल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

