Thursday, August 6News That Matters

सवारी दुर्घटनामा राईको मृत्यु

उदयपुर, जेठ २३ गते ।

बेलाका नगरपालिका–८ सेतिखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भिमफेदीबाट सेतिखोला तर्फ जाँदै गरेको को २ त ९१५२ नम्बरको ट्याक्टर सेतिखोला पुल छेउमा बिहान पौने १० बजे आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टरमा सवार बेनपा–८ का ३१ बर्षीय ईन्द्रबहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।