
सुनसरी, फाल्गुन १ गते ।
सुनसरीको धरानमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । धरान उप–महानगरपालिका–५ ठिङगावारीमा ट्याक्टरको चक्काले किचेर बुद्धराज लिम्बुको मृत्यु भएको हो ।
किसान चोकबाट ठिङगावारी तर्फ जाँदै गरेको को ५ त ७८४३ नम्बरको ट्याक्टर ब्रेक लगाउँदा उछिटिएर दिउँसो ३ बजे ट्याक्टरमा सवार स्थानीय ४२ वर्षीय लिम्बु चक्का मुनी परी किच्चिदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर र चालक तत्काल फरार रहेकोले खोजी कार्य भईरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
