
मोरङ/भदौ ६ गते ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत मोरङको सुन्दर हरैचामा ट्रक र एम्बुलेन्स ठोकिदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । सुन्दर हरैचा नगरपालिका – ७ मा गत राती पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको एम्बुलेन्स र विपरित दिसाबाट आउदै गरेको ट्रक ठोकिदा एक जनाको मृत्यु र ६ जना घाईते भएका हुन् ।
राती १ बजे मे १ च २००३ नम्बरको एम्बुलेन्स र विपरित दिसाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एक आपसमा ठोकिदा एम्बुलेन्स चालक ईलाम नगरपालिका – २ निबासी २१ वर्षीय रमेश निरौलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्समा सवार ५ जना र ट्रकका सह चालक घाईते भएका छन् । घाईतेहरुको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक फरार रहेकाले खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ । दुर्घना भएका दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
