Thursday, July 9News That Matters

सशस्त्र प्रहरीद्वारा दुई किलो युरेनियमसहित तीन जना पक्राउ

पूर्णपुष्टि, पुष १० । बारा जिल्लाको पथलैया बिरगंज सडकखण्ड अन्तर्गत जीतपुरको एक होटरबाट दुई किलोग्राम युरेनियमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका ७ का रबि चौधरी, ५ का ३० वर्षीय सागर चौधरी र रौतहट माधव नारायण नगरपालिका २ का २२ वर्षका बृज सहनी रहेको सशस्त्र प्रहरी बाराका प्रवक्ता अमरबहादुर खत्रीले जानकारी दिए ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ को जितपुर स्थित आदित्य होटेलबाट शनिवार साँझ सशस्त्र प्रहरीटोलिले युरेनियम सहित पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल र नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल १२ नम्बर गण हेक्वा मातहत सशस्त्र बेस क्याम्प जीतपुरको टोलीले युरेनियमसहित उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडामगरले बताएका छन् ।

युरेनियम जस्तै देखिने बस्तुसहित उनीहरुलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बाराले जनाएको छ।