Monday, June 22News That Matters

सहिदको सम्झना गरियो

उदयपुर, फागुन ७ 

प्रजातन्त्र दिवस अर्थात फागुन ७ लाई नागरिक स्वतन्त्रता दिनको रुपमा लिदै उदयपुरमा मनाइएको छ ।

जिल्ला समन्वय समिति उदयपुरको संयोजक खड्गबहादुर परियारको संयोजकत्वको दिवस मुल आयोजक समारोह समितिले बिहान र््यालि गर्८यो । गाईघाट बजार र्८यालि पछि सिटिहलमा कार्यक्रम भएको थियो । कार्यक्रममा वक्ताहरुले प्रजातन्त्र दिवसको महत्व बारे बमेलेका थिए ।

कार्यक्रममा सहिदहरुको फोटोमा माल्यार्पण गर्दै सम्झना गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राई, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, कार्यालय प्रमुखहरु, नागरिक समाज, बिध्यार्थि तथा कर्मचारिहरुको उपस्थिति थियो । यसै अवसरमा भोली अञ्चल आयुर्वेद अस्पताल बोक्सेमा सरसफाई अभियानको कार्यक्रम समेत रहेको छ ।