पूर्णपुष्टि, पुुस २३ ।
उदयपुरको त्रियुुगा नगरपालिका ११ स्थित साकेला टोल विकास संस्थाको १३ औं साधारणसभा आज सम्पन्न भयो । शिक्षित, सभ्य र समुन्नत समाजको निर्माण, टोल विकास संस्थाहरुको अभियान भन्ने नाराका साथ भएको कार्यक्रममा टोलबासीहरुको उत्साहजनक सहभागिता थियो ।
साधारणसभाले संस्थाभित्रको वार्षिक गतिविधिसहितको प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्यो । सदस्यहरुबीच पारदर्शी र जवाफदेहि ढङ्गले प्रस्तुुत भएको संस्थाले सरसफाई, उद्यम, सामाजिक गतिविधिहरु गर्दै आएको छ ।
स्थानीय जनप्रतिनिधि, त्रियुुगा–११ वडा टोल विकास संस्थाका समन्वय समितिका संयोजक तथा बरुवाटोल विकास संस्थाका अध्यक्ष राम बस्नेत, विशालनगर टोल विकास सस्थाकी अध्यक्ष संजिता ढकाल, निलो टोल विकास संस्थाकी अध्यक्ष चण्डीका राई , विसाल नगर टोल विकास संस्थाकी अध्यक्ष संचिता ढकाल, ज्योति नगर टोल विकास संस्थाका अध्यक्ष उत्तिम लाल साह, गाउँका बुद्धिजिवि, भद्रभलाद्मी, बृद्धबृद्धाहरुको सहभागिता थियो ।
साधारणसभाले टोल विकासका लागि छलफल तथा सामाजिक एकताको निर्णय गरेको छ । नमुुना टोल विकास संस्थाको रुपमा प्रस्तुुत गर्दै नियमित बैंठक तथा सामाजिक गतिविधि गर्दै आएको छ । कार्यक्रम संस्थाकी अध्यक्ष गिता राईको अध्यक्षतामा भएको हो ।

