Friday, May 15News That Matters

साकेला टोल विकासले देउँसी भैलो कार्यक्रमबाट ६० हजार संकलन

गाईघाट, कात्तिक २१ गते । 

गाईघाटको साकेला टोल विकास संस्थाले नेपाली मौलिक परम्परागत देउँसी भैलो कार्यक्रम गरेर करिब ६० हजार ४ सय १ रुपैयाँ संकलन गरको छ । नेपालीहरुको एक विशेष महान चाड तिहारको अवसरमा देउँसी भैलो कार्यक्रम गरेर त्रियुगा नगरपालिका–११ का साकेला टोल विकासले उक्त रकम संकलन गरेको हो ।

नेपालीहरुले परम्परागत रुपमा मनाउँदै आएका विभिन्न मुख्य चाड पर्वहरुमध्ये तिहार पनि एक मुख्य चाड हो । मौलिक परम्परागत रुपमा मनाउँदै आएका तिहारलाई संरक्षण तथा रमाईलो तिहार बनाउनका लािग देउँसी भैलो कार्यक्रम गरेको टोल विकास संस्थाकाकी अध्यक्ष तारा श्रेष्ठले बताईन् ।

विभिन्न चाड पर्वहरुको छुट्टा छुट्टै विशेषता हुने भएकाले रमाईलो चाड बनाउनका निम्ति पनि परम्परागत रुपमा मनाउँदै आएको चाड पर्वको संरक्षण गर्न जरुरी छ । संकलन भएका पैसामध्ये कार्यक्रमको खर्चबाट बचेको पैसा आगामी कार्यक्रमको लागि नेपाली पहिचान झल्काउने पोशाक लगायतका सामाग्री सखिद गर्ने संस्थाले जनाएको छ ।